बेईजिङ, ६ चीन । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच अहिले एक्लाएक्लै भेटवार्ता सुरु भएको छ ।
बेईजीङमा रहेका पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच केही बेर अघिमात्रै एक्लाएक्लै भेटवार्ता सुरु भएको हो ।
भेटमा नेपाल–चीन द्धिपक्षीय सम्बन्ध र आर्थिक समृद्धिमा साझेदारीबारे छलफल हुने बुझिएको छ। नेपालको समृद्धिको लागि सक्दो सहयोग गर्ने विश्वास चीनीयाँ राष्ट्रपतिले दिलाएका छन् ।




प्रतिक्रिया