काठमाडौ, १० साउन । आजदेखि क्याविनेट बैठकमा पेपर प्रयोग नहुने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया