सिटौलाको हुँकार : केपी ओलीलाई ज्ञानेन्द्रलाईजस्तै मात लाग्यो 

0
Shares

झापा, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लागेकोजस्तै मात लागेको गम्भिर आरोप लगाएका छन्।

मंगलबार झापामा सरकारविरुद्ध भएको प्रदर्शनमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले यस्तो आरोप लगाएका हुन् । उनले संख्याको आधारमा वर्तमान सरकार तानाशाह बन्न खोजेको पनि आरोप लगाए ।

नेता सिटौलाले भने,‘राजा ज्ञानेन्द्रलाईजस्तै अहिलेको सरकारलाई पनि मात लाग्यो। ज्ञानेन्द्रले जनता बिर्सेका थिए। शासन व्यवस्था आफ्नो हातमा लिएका थिए’ उनले भने, ’दुई तिहाइ संख्याको आधारमा सरकार तानशाह बन्न खोज्यो।’

 

Skip This