नेपाल विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुकः अध्यक्ष दाहाल

0
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएका छन ।

भारत भ्रमणमा रहो उनले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताएका छन ।

दाहालले भने, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।”

जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष दाहालले यो पानी व्यवस्थापनको विषय पनि भएको उल्लेख गरेका थिए । सरगमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने दोहो¥याउँदै उनले सगरमाथाको पानी विश्व बजारमा पु¥याएर लाभ लिन सकिने बताएका थिए।

नेपालमा पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योग, धार्मिक पर्यटनलगायतका क्षेत्रमा लगानी गरी प्रतिफल लिन पनि सकिने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताको उल्लेख्य सहभागिता थियो ।

Skip This

Omoda E5 Pro