मोदीलाई भेट्न रुसी राष्ट्रपति पुटिन भारत आउँदै

0
Shares

नयाँ दिल्ली, १३ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् । अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनु हुनेछ । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।

उहाँले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । एजेन्सीको सहयोगमा