कलंकी अण्डरपास देखाउने दात मात्रै, किन संचालन भएन अझै ?


असोज १५, काठमाण्डौ । नेपालमै पहिलो कलंकीको अण्डरपास सञ्चालन भएको एक महिना नवित्दै बन्द भएको छ । निर्माण पुरै सम्पन्न नभई संञ्चालनमा ल्याईएको भनिएको सो अन्डरपास बन्द हुदा कलंकीको जाम फेरी पुर्ववत अवस्थामै फर्किएको छ ।

अण्डरपास बन्द भएपछि मुलुककै राजधानी काठमाडौको लार्ईफलाईन मानिने सो सडकमा सवारी साधान २ घन्टा भन्दा बढी जाममा बस्न बाध्य भएका छन् ।

चीन सरकारको सहयोगमा चक्रपथ सुधार आयोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण गरिएको थियो । एक महिना ढिलो गरी अण्डरपास भदौ १ गते देखि सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको हप्ता दिन नविद्दै कलंकी अण्डरपास बन्द भएको छ । केही दिन परीक्षणका लागि मात्र सुरु गरिएको र पुर्णरुपमा निर्माण कार्य सम्पन्न नभएकोले काम सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको आयोजनाको भनाई छ । तर आयोजनाले अब कहिलबाटे अण्डरपास पुन सञ्चालनमा आउछ, त्य भने केही बताएको छैन । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुन बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २ घन्टा भन्दा बढी जाममा बस्न बाध्य भएको छन् ।

अण्डरपास संचालनहुदा कलंकीमा भएको थिएन । तर अण्डरपास बन्द भएपछि फेरी पहिलेकै अवस्थामा सयौ सवारीको घण्टौसम्म लामो लार्ईन लाग्न थालेको छ । हजारौ सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

सन् दुई हजार १६ मा निमार्ण सुरु गरिएको अण्डरपासको काम पुरा गर्नुपर्ने समयमा नभएपछि ६ महिना थप गरिएको थियो । पटकपटक समय थप गरीएपनि काम पुरा नुहदा अन्डरपास संञ्चालनमा आएपनि बन्द भएको छ ।

यो अन्डरपास सञ्चालन भएसँगै कलंकीको जाम हट्ने विश्वास लिइएको थियो । तर, पटक पटक सञ्चालन हँुदै बन्दा हुँदा जामको समस्या फेरी बल्झिने र जनताले फेरि सास्ती खेप्नुपर्नेसमस्या देखिएको छ ।