असोज १६, काठमाण्डौ । दशैँ नजिकिदै गर्दा त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।
सवारी साधन चल्न नपाउनेभएपछि चाडपर्वका लागि उक्त बाटो भएर उपत्यकाबाहिर जाने यात्रुले सास्ती पाउने भएका छन् ।
आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागिएको हो ।




प्रतिक्रिया