काठमाडौँ । सर्लाहीमा असोज २६ देखि प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’ हुने भएको छ । जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर २ को हजरिया खेल मैदानमा हुन गैरहेकोे सो प्रतियोगिता ठुलो धनराशी रहितको रहेको बताईएको छ। नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा इद पर्वको पावन अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा देशभरीबाट सहभागिताकोलागि निशुल्क रुपमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। यस खेलको विजेताले नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । खेलमा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने
दोस्रो हुनेले ५५ हजार ५ सय ५५ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । स्थानीय सेभेन स्टार युथ क्लबको आयोजनामा बरहथवा नगरपालिका २ को हजरिया खेलमा मैदानमा हुने जनाईएको छ ।
खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक बाबु काजी खड्का र युवराज बस्नेतले जानकारी दिएका छन् । खेलाडीहरुलाई आवास र बासको समेत व्यवस्था गरिएको उनिहरुले बताएका छन् ।प्रतियोगितालाई बरहथवा नगरपालिकाको आर्थिक सहयोग रहेको जनाईएको छ।




प्रतिक्रिया