असोज १९, काठमाण्डौ । जापान, अमेरिका लगायतका मुलुकमा बहिरा (श्रवण विहीन) व्यक्तिले निजी तथा सार्वजनिक यातायातका साधन चलाउँछन् । नेपालमा पनि २०६१ सालदेखि बहिराहरूले सवारी लाइसेन्स पाउनुपर्ने भन्दै अभियान चलाएका छन्, तर कानुनी द्विविधाका कारण बाटो खुलेको छैन ।
नेपालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४७ (ङ) ले ध्वनि सङ्केत (आवाज) नसुन्नेलाई चालक अनुमतिपत्र नदिने व्यवस्था गरेको छ । बहिरा नागरिकहरुले यो नियम संशोधन गरेर आफूहरुलाई पनि सवारी साधनको लाइसेन्स पाउने अधिकार दिलाउन माग गर्दै आएका छन् ।
उता सरकारले २२ पुस २०६६ मा बहिराहरूलाई चालक अनुमतिपत्र दिने राष्ट्रसंघीय सी.आर.पी.डी. (अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ मा हस्ताक्षर गरेको छ ।
आज बहिरा नगरिकहरुले माइतिघर मण्डलामा प्रदर्शन गर्दै लाइसेन्स लिन मिल्ने नियम बनाउन माग गरेका छन् । संविधानले व्यवस्था गरेको समानताको हकविरुद्ध सरकारले नै आफूहरुमागि अन्याय गरेको उनीहरुको गुनासो छ ।
शुक्रबार बहिराहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै पत्रकार ऋषि धमला पनि सडकमा उत्रिएका थिए ।
धमलाले बहिरा नागरिकको सम्मानका लागि उनीहरुको माग पूरा गर्नुपर्ने बताए ।




प्रतिक्रिया