प्रचण्ड र बैद्य एक साथ देखिने

0
Shares

काठमाडौं, १९ असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (क्रान्किारी माओवादी) का अध्यक्ष मोहन बैद्य आज एकसाथ देखिने भएका छन्। शुक्रबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा दुवै नेताहरु एकै ठाउँ देखिने भएका छन् ।

जनताका गायकको परिचय बनायका जनवादी गायक जीवन शर्मा संयुक्त सांस्कृतिक साँझ नाम दिईएको कार्यक्रम आज (शुक्रबार) अपरान्ह ४:३० बजेबाट हुने कार्यक्रममा दुई अध्यक्ष बिच भेटघाट हुनेछ  ।

उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’लगायत नेपाल सरकारका मन्त्रिहरु पनि सहभागि हुने आयोजकले जनएको छ । आयोजकका अनुसार सो संस्कृतिक कार्यक्रममा सामना र रक्तिम सांस्कृतिक परिवारका कलाकारले आफनो प्रस्तुति दिनेछन भने हाँस्य कलाकार सुबोध गौतमको पनि प्रतुति रहने छ ।