काठमाडौं, १९ असोज । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले चीन आयातमा परिमाणात्मक बन्दे लगाए अर्बौंको घोटाला गरेकोले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । बर्तोलाले यो बन्देजमा मन्त्री यादवले ठूलो घोटाला गरेको आरो लगाउँदै भने,‘प्रधानमन्त्रीले मन्त्री यादवलाई हटाउनुपर्छ । हामी आईजीपीको मात्रै होईन, मन्त्री यादवको पनि राजिनामा माग गर्छौं ।’
केही दिन पहिले संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका थिए ।
सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरेका थिए । वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ ।




प्रतिक्रिया