बामदेवलाई सांसद बनाउने या नबनाउनेबारे नेकपाभित्र बबण्डर : ओली सहमत, माधव असहमत

0
Shares

काठमाडौं, २३ असोज । सत्तारुढ दल नेकपाभित्र अहिले नेता बामदेव गौतमलाई सांसद बनाउने या नबनाउने भन्नेबारे विवाद कायम रहेको छ । गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने चर्चा छ । यसअघि डोल्पा र बाँकेबाट निर्वा्िचत सांसदहरुलाई राजीनामा गराउन खोजे पनि त्यो सफल हुन सकेको थिएन ।

पछिल्लो समय वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने चर्चा सुरु भएको छ । गौतमलाई सांसद बनाउनको लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली सहमत छन् ।

पार्टीभित्र अर्का बरिष्ठ नेता माधव कुमार नेपाल भने असहमत छन् । गौतमलाई सांसद बनाउनेबारे नेता नेपाल सकारात्मक छन् । गत वर्ष सम्पन्न चुनावमा बर्दियाबाट पराजित गौतम उपचुनाव लडेर भएपनि संसद छिर्ने रणनीतिमा छन् । यसबारे नेकपाभित्र औपचारिक छलफल नै सुरु भएको छ ।