असोज २६, काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विवादको असर माउ पार्टीमा समेत देखिएको छ । नेविसंघ विवादसँगै कांग्रेस नेताहरुको विचार समेत विभाजित मात्र भएको छैन् एक–अर्कामा चर्काचर्कीको अवस्था समेत सिर्जना गरेको छ ।
नेविसंघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
पौडेलले रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उमेरहदमा असहमति जनाउनु सामान्य विषय भएको बताएका छन् ।
आज विहानको कार्यक्रममा पौडेलले भातृ संगठनको विधानमा पार्टीले हस्तक्षेप गरेको आरोप लगाए । आफूहरुले सभापति शेरबहादुर देउवालाई यस विषयमा कन्भिन्स गर्न नसकेको पौडलको भनाई थियो ।
नेत पौडेलले अब पार्टीभित्रको सवै विवाद मिलाएर आफूले एकतावद्ध बनाउने पनि बताए ।
“न्याय, निष्पक्षता र पारदर्शि मूल्याङ्कनका आधारमा नेपाली कांग्रेसलाई एक बनाएर अगाडि बढाउने जिम्म म लिन्छु ।” पौडेलले भने ।
अबका दिनमा कांग्रेसभित्रका सबै गुट एउटै बनाएर लैजाने पौडेलको दाबी छ ।




प्रतिक्रिया