रियल मड्रिडको हारको यात्रा टुँगियो, रूसी क्लब भिक्टोरिया प्लेजेन पराजित

0
Shares

काठमाडौं, ७ कात्तिक ।  साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा रूसी क्लब भिक्टोरिया प्लेजेनलाई हराउँदै हारको यात्रा टुंग्याएको छ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति समूह चरणको तेस्रो खेलमा भिक्टोरियालाई २–१ ले हराउँदै रियलले पछिल्ला पाँच खेलपछि पहिलो जित निकालेको हो।

रियलको जितमा करिम बेन्जेमा र मार्सेलोले गोल गरेका थिए। भिक्टोरियाका लागि प्याट्रिक रोसोभस्काईले गोल फर्काएका थिए। घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले खेलको ११ औं मिनेटमा अग्रता बनाएको थियो। भास्क्वेजको क्रसमा अनमार्क रहेका करिम बेन्जेमामाले फ्रि हेडरमार्फत गोल गरेको थिए।

शुरुवातदेखि भिक्टोरियालाई दवावमा राखे पनि रियलले पहिलो हाफ १-० ले अघि रह्यो। दोस्रो हाफको ५५औं मिनेटमा ग्यारेथ बेलले दिएको पासमा मार्सेलोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

खेलको ७८ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर, त्यसपछि थप गोल हुन नसक्दा रियल २–१ ले विजयी भयो।

यो जितसँगै रियल तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित भिक्टोरिया १ अंक जोडेर पुछारमा छ।

मंगलबार नै भएको समूह ‘जी’ को अर्को खेलमा इटालियन क्लब रोमाले रूसी क्लब सिएसकेए मस्कोलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। यसअघि दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको मस्को तेस्रो स्थानमा झरेको छ। एजेन्सीको सहयोगमा