कार्बनरहित कतार वल्र्डकप

0
Shares

काठमाडौँ, ७ काक्तिक । आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ ।आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी गराएको छ ।

मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हुने दाबी गरेका छन ।“विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार्बनरहित बनाउने गरी योजना बनाइरहेको छ,” उनले बताए।

विश्वकै सबैभन्दा ठूलो फुटबल मेलालाई स्मरणीय बनाउन र विश्वकै चिन्ताको विषयको रूपमा रहेको कार्बन न्यूनीकरणको सन्देश दिन यस प्रतियोगितालाई कार्बनरहित बनाउन लागिएको उनको भनाई रहेको छ ।

मरुभूमिमा रहेको मुलुक कतारले प्रतियोगितालाई कार्बनरहित बनाउन ठूलो रकम थप खर्च गर्नुपर्ने भएको छ ।विश्वकपका लागि थुप्रै भवन, सडक, आठ वटा रङ्गशालालगायत धेरै ठूला निर्माणका कार्य गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

यसै वर्ष रुसमा भएको भन्दा भव्य र सम्झनलायक बनाउने गरी कतारले विश्वकपका लागि तयारी शुरु गरिसकेको छ । एजेन्सी