गुल्मी । गुल्मीको चन्द्रकोट गाउपालिका ६ झापकले आफ्नो १८औं वार्षिकोत्सव तथा साँस्कृतिक जीवराज आश्रीत स्मृति रनिङ्ग कप २०७५ का अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
झरना युवा क्लव चन्द्रकोट गाउपालिका ६ झापकले आफ्नो १८औं बार्षिकउत्सव तथा साँस्कृतिक जीवराज आश्रित स्मृति रनिङ्ग कपका अवसरमा कार्तिक ३ देखि ७ गतेसम्म सञ्चालन भएको आयोजनामा गरिएको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न १४ समुहको सहभागिता रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा आयोजक झरना युवा क्लव चन्द्रकोट गाउपालिका ६ झापक गुल्मी प्रथम हुँदै नगद ५० हजार टफी र प्रमाण पत्र प्रथम पुरस्कार हात पारेको छ भने नेचुरल झरना युवा क्लव चन्द्रकोट गाउपालिका ६ अर्जेवा गुल्मीले नगद ३० हजार टफी प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

कार्यक्रममा राष्ट्रि«य लोक दोहारी गायक सन्तु थापा,निकिता गुरुङ्ग,नर बहादुर राना,सागर आले,उदय पुन, नव कलाकार नवराज बस्याल,लक्ष्मी बोहोरा लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रममा जीवराज आश्रित स्मृति रनिङ्ग भलिबल प्रतियोगिता,तीर हान्ने खेल,स्थानीय तृत्य तथा झाँकी प्रर्दशन गरिएको थियो ।

युवा शक्ति नै समाज र राष्ट्रका मेरुदण्ड हुन भन्ने मुल नारा सहित २०४७ सालमा स्थापना भएको युवा क्लवले पछिल्लो समयमाखेल क्षेत्रको विकासका लागि क्लवले आफ्नै नाममै २० रोपनी,भन्दा बढिको जग्गा खरिद गरि क्षेत्रीय खेल मैदान निर्माण गर्ने तथा खेल क्षेत्रको विकास गर्न खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित अगाडी बढेको झरना युवा क्लवका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक होम बहादुर गलामीले जानकारी दिए ।
विगत लामो समयदेखि क्लवले समाजका हरेक सामाजिक गतिविधिहरुमा सक्रिय रुपमा काम गदै रहेको छ ।
तस्बिरःकौरव खत्री




प्रतिक्रिया