गुल्मी । बागलुङको दगातुम्डाँडा पूर्णिमा मेलामा आयोजना गरिएको खुल्ला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रम सहित हिजो अर्थात बिहिवार सम्पन्न भएको छ ।
दगातुम्डाँडाको शान, दगातुम्डाँडा पूर्णिमा, मेला हाम्रो पहिचान भन्ने मुल नारा सहित चिसापानी युवा क्लव बडिगाड गाउपालिका १ दगातुम्डाँडाले सञ्चालन गरेको कार्तिक ४ देखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला पुरुष भलिवल प्रतियोगीतामा गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न १० समुहको सहभागिता रहेको थिए ।
खुल्ला पुरुष भलिवल प्रतियोगीतामा न्यू नवज्योति युवा क्लव गलकोट नगरपालिका ७ मल्ल बागलुङ प्रथम हुँदै नगद ६० हजार टफी मेडल र प्रमाण पत्र प्रथम पुरस्कार हात पारेको छ भने गलकोट नगरपालिका ३ हटिया बागलुङले नगद ४० हजार टफी मेडल प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

यस्तै आयोजक चिसापानी युवा क्लव बडिगाड गाउपालिका १ दगातुम्डाँडा बागलुङले २० हजार मेडल र प्रमाण पत्र सहित तृतीय पुरस्कार हात पारेको छ भने रिभरहिल युवा क्लव बडिगाड गाउपालिका २ खर्वाङ बागलुङले १० हजार मेडल र प्रमाण पत्र सहित सान्त्वना भएको छ ।
कार्यक्रममा खुल्ला रेर्कड डान्स प्रतियोगिता तथा राष्ट्रिय कलाकारहरुको समेत बेडोज प्रसतुती रहेको थियो । युवाको चाहाना खेलकुद,आर्थिक विकास र कला संस्कृतिको जर्गेना भन्ने मुल नारा सहित २०६७ सालदेखि चिसापानी युवा क्लवले पूर्णिमा मेलाको आयोजना गदै आइरहेको चिसापानी युवा क्लवका सचिव हरिलाल नेपालीले जानकारी दिए ।
विगत लामो समयदेखि क्लवले समाजका हरेक सामाजिक गतिविधिहरुमा सक्रिय रुपमा काम गदै रहेको छ । कार्यक्रम चिसापानी युवा क्लवका अध्यक्ष रमेश बुढाथोकीको अध्यक्षता तथा वडाअध्यक्ष बोम बहादुर थापाको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने चिसापानी युवा क्लवका सचिव हरिलाल नेपालीले गरेका थिए । तश्वीरः कौरव खत्री




प्रतिक्रिया