कात्तिक ९, काठमाण्डौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या त एक प्रतिनिधि घटना मात्र हो । अनुसन्धानमा भएको ढिलाई र अपराधी पत्ता लगाउन नसक्दा एकातिर नेपाल प्रहरी बदनाम भईरहेको छ भने अर्कोतिर बलात्कारका घटना दिनानुदिन बढ्दै गैरहेको छ । जसले प्रहरीमाथि सुरक्षा चुनौती थपेको पछिल्लो झनै उग्र रुपमा बढेको बलात्कारको ग्राफले देखाउछ ।
निर्मलाको बलात्कार र हत्याभएपछि देशभर बलात्कारविरुद्ध नारा चर्किदै गर्दा बलात्कार झनै बढ्दै गएको प्रहरीको तथ्याङकले देखाउँछ । निर्मलाको बलात्कार पछि हत्या भएको मिति साउन १० देखि असोज मसान्तसम्मको तथ्यांक हेर्दा अहिलेसम्म कारीब ४०० जना महिला तथा किशोरि बलात्कारको सिकार भएका छन भने कारीब २०० जना महिला तथा किशोरिमाथि बलात्कारको प्रयास भएको छ । यो तथ्याङले पनि निर्मलाहरुले न्याय नपाउँदै गर्दा कसरी बलात्कारीको मनोबल बढेको छ भने पुष्टि गर्छ । त्यसो त योबीचमा निर्मलाकै जिल्ला कञ्चनपुरमा मात्रै करिब एक दर्जन महिला तथा किशोरी बलात्कारको शिकार बनेका छन् ।
बिगत ३ बर्ष यताको तथ्यांक हेर्दा बर्सै्पिच्छे बलात्कार र बलात्कार गर्ने प्रयासका घटना बढ्दो क्रममा देखिन्छ । बलात्कारका घटना बढ्नुमा बलात्कृत महिला वा परिवारले प्रहरिमा उजुरी दिने र घटना सार्वजनिक गरेर अनुसन्धान गर्नु पर्छ भने चेतना जाग्नु पनि एउटा कारण भएको प्रहरीको ठहर छ । बलात्कार बढेपनी बलात्कारीलाई पक्राउ गरेर कारबाही गर्नमा आफुहरु ८० प्रतिशत सफल भएको प्रहरी प्रवक्ता उत्तम राज सुबेदी दाबी गर्छन् ।
आर्थिक बर्ष ०७२–०७३ मा १०९३ जना महिला, किशोरि तथा बलिका बलात्कारको सिकार भएका छन भने ४५० जनामाथि बलात्कारको प्रयास भएको छ । त्यस्तै आर्थिक बर्ष ०७३।०७४ मा ११३७ बलात्कृत भएका छन भने ५३१ जनालाई बलात्कारको प्रयास गरिएको छ । त्यस्तै आर्थिक बर्ष ०७४।०७५ मा यो रेसियो बढेर १४८० जना बलात्कार को सिकार भएका छन भने ७२७ जनामाथि बलात्कारको प्रयास भएको छ । यो तथ्याङकले पनि हरेक वर्ष बलात्कारका घटना बढेको पुष्टि गर्छ ।
पछिल्लो समय कंचनपुरकी किशोरि निर्मला पन्तको बलात्कार र हत्यापछी मात्र ३९८ जना बलात्कृत भएका छन भने १८८ जनामाथि बलात्कारको प्रयास भएको छ । यो त प्रहरमिा आएको उजुरी मात्रै हो । प्रहरी समक्ष नआएका यस्ता घटना उतिनै मात्रामा छन् । यसरी बलात्कारका घटना बढ्नुमा बलात्कारीमाथि कडा कारबाही नहुनु मुख्य कारण भएको अधिकारकर्मीहरु बताउँछन् । तर, यो स्विकार्न तयार देखिदैन् ।
अधिकांश महिला तथा किशोरी आफन्त र चिनेजानेको व्यक्तिबाट नै धेरैजसो बलात्कृत भएको तथ्याङ्कले देखाउँछ भने महिलाहरु झनै असुरक्षित बन्दै गएको प्रस्ट पार्छ । इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र बलात्कृतले न्याय नपाउने जस्ता कारणले बलात्कारका घटना बढिरहेको अधिकारकर्मीहरु बताउँछन् । निर्मलाजस्ता धेरै महिला र किशोरीहरुले न्याय नपाएकाले नै बलात्कारीको मनोबल बढेको र बलात्कारको ग्राफ उकालो लागेको उनीहरुको ठहर छ ।




प्रतिक्रिया