विश्वकप क्रिकेटको ट्रफी नेपालमा, स्वयम्भुमा प्रदर्शन (तस्विरसहित)


काठमाडौं, १० कात्तिक । आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुगेको छ।

विश्वकप अघि ट्रफीलाई ‘विश्व टुर’ अन्तर्गत शुक्रबार दिउँसो नेपाल ल्याइएको हो। ट्रफीलाई साँझ नेपालको स्वयम्भुमा पहिलोपटक प्रदर्शन गरिएको थियो ।

चार दिनसम्म नेपाल रहने ट्रफीलाई शनिबार बिहान पोखरामा लगिनेछ। ट्रफी शुक्रबारबाटै शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता दौरान नै प्रदर्शनीमा राखिने भएको छ।

त्यसपछि ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र आइतबार बिहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिनेछ।

तस्विर : मुकुन्द कालिकोटे