काभ्रेमा जीप दुर्घटना, पत्रकार पराजुलीसहित २ को मुत्यु

0
Shares

काठमाडा, १० कात्तिक । काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् । काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा पूर्वएआईजी किरण गौतम चढेको बा ३ च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घाइते ४ जनालाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।