काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा पुर्याईएको छ ।आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफीलाई भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने छ ।




प्रतिक्रिया