काठमाडौं,११ काक्तिक । इटालियन सिरी ए फुटबलमा इम्पोली युभेन्टसद्धारा पराजित भएकोे छ। युभेन्टसको तर्फबाट दुवै गोल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गरेका थिए।
खेल शूरुभएको २८ औं मिनेटमा फ्रान्सीस्को कपुटोले गरेको गोलले घरेलु टोलीले अग्रता लिएको थियो। पहिलो हाफमा १ गोलले पछि परेपनि ५४ औं मिनेटमा युभेन्टसका लागि स्ट्राइकर रोनाल्डोले पेनाल्टी मार्फतगोल खेललाई बराबरीमा ल्याउन सफल भएका थिए ।
खेलको ७० औं मिनेटमा रोनाल्डोले डिबक्स बाहिरबाटै गरेको उत्कृष्ट गोलले युभेन्टसलाई २–१ को अवस्थामा ल्यायका थिए। त्यसपछि निर्धारित र इन्जुरी समयमा कुनै गोल नभएपछि युभेन्टसले पुनरागमन जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको जनाइएको छ ।एजेन्सी




प्रतिक्रिया