काठमाडौं, ११ कात्तिक । डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
लिग अन्तर्गत शनिबार भएको खेलमा एटलेटिको म्याड्रिडले रियल सोसीडाडलाई २-० ले हराउँदै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एथ्लेटिको मड्रिड बार्सिलोनालाई एक अंकले पछि पारेको हो।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि डिएगो गोडिन र फिलिपे लुइसले गोल गरे। एटलेटिकोले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो । कप्तान डिएगो गोडीनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ६० औं मिनेटमा अर्का डिफेन्डरले टोलीको अग्रता दोब्बर पारे । साउल निगुएजको पासमा फिलिपे लुइसले गोल गर्दै जित पक्का गरेका थिए । खेलमा एन्टोइन ग्रिज्मन र डिएगो कोस्टाले आक्रमण सम्हालेपनि अपेक्षित प्रदर्शन गर्न सकेनन् ।
यस जितसँगै एटलेटिले १० खेलमा ५ जित र ३ बराबरीसँगै १९ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको बार्सिलोनाको १८ अंक छ। १० खेल खेलेको एस्पान्योलको पनि समान १८ अंक नै छ। अलाभेस ९ खेलमा १७ अंकसहित शीर्ष ४ मा अटाएको छ।
लिग अन्तर्गत आइतबार राति एल क्लासिको अर्थात बार्सिलोना भर्सेस रियल मड्रिड खेल हुँदैछ । एजेन्सीको सहयोगमा




प्रतिक्रिया