काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि पार्टी सभापति शेरबहादुर देउवाले नै संशोधन हालेका छन् । महामन्त्री पूर्णबहादुर खड्कामार्फत सभापति देउवाले नयाँ प्रस्ताव दर्ता गराएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार सभापतिबाहेक सबै पदाधिकारी मनोनित गर्नेगरि विधानमा व्यवस्था गर्न देउवा पक्ष लागिपरेको छ । तर, पौडेल पक्षले पनि अब देउवालाई काउन्टर दिनको लागि नयाँ प्रस्ताव दर्ता गराउने तयारी थालेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता प्रदिप पौडेलले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार आफूहरुले पनि देशभरिका कार्यकर्ताबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्न विद्यानमा संशोधन हाल्न लागेको जनाए । संविधानले व्यवस्था गरेको संरचनाअनुसार पार्टी विधान संशोधन प्रारम्भिक मस्यौदा तयार पारिएको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया