चित्रबहादुर केसीले गर्ने भए संविधान संशोधन प्रस्ताव


काठमाण्डौ । राष्ट्रिय जनमोर्चाले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दैे संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका हुन् । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने भन्दै जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएको दाबी गर्नुभयो ।

केसीले आफू संघियता विरोधी नभई नेपालमा संघिय प्रणालीको मात्रै विरोधी भएको स्पष्ट पारे । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै केसीले संघियता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको आरोप लगाए ।

साथै उनले नेपालमा संघिय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावि गरेका छन् ।