काठमाडौं, १२ कात्तिक । छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति अहिले सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ ।
अस्तालले आज साँझ दोस्रो विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
अस्पतालले साँझ ६ बजे सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको पछिल्लो परिक्षणको रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको उल्लेख छ।




प्रतिक्रिया