कात्तिक १७, काठमाण्डौ । राष्ट्रिय महिला आयोगले महिला बिरुद्ध हुने हिंसाका समाचारहरुमा गोपनियता कायम राख्न आग्रह गरेको छ ।
शुक्रबार काठमाडौमा समाचारमा महिला विरुद्धका हिंसा बिषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै आयोगले गोपनियता नहुने डर महिला हिंसाको घटना बाहिर आउन नसक्ने भन्दै महिला बिरुद्ध हुने हिंसाका समाचारहरुमा गोपनियता कायम राख्न आग्रह गरेको हो ।
अधिकांश महिला विरुद्ध हुने हिंसाका समाचारहरुमा पीडितको नाम ठेगाना र सम्बन्धीत अन्य पहिचान खुलाईएको पाईएको आयोगको भनाई छ । त्यस्तै संचारको क्षेत्रमा गोपनियता कायम गरिनुको महत्व , प्रक्रिया र संवेदनशिलतामा कमी रहेको देखिएको पनि आयोगले जनाएको छ । कार्यक्रममा आयोगकी कानुन अधिकृत निर्मला गुरुङले गोपनियताका बिषयमा हिंसामा परेका महिलाहरुले आयोगमा गुनासो गरेको जानकारी दिइन् । उनले अति संवेदनशिल घटनामा निकै सचेत भएर गोपनियतालाई ख्याल गर्दै समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए ।
२०७४÷२०७५ मा ८ सय ३८ वटा हिंसाका मुद्दा आयोगमा दर्ता भएका छन् । जसमध्ये ७ सय ६६ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको महिला आयोगको तथ्यांकमा उल्लेख छ । त्यस्तै चालू आर्थिक बर्षमा ७२ वटा महिला हिंसाका घटनाको उजुरी दर्ता भएकोमा ११ वटा उजुरी जवरजस्ती करणीको रहेको आयोगले जनाएको छ ।




प्रतिक्रिया