कौडामा मैले आजसम्म हारेकै छैन् : अध्यक्ष डा. लोहनी

0
Shares

काठमाडौं, २० कात्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफू पहिल्यैदेखि कौडा खेलको पारखी भएको बताएका छन् । आजसम्म कौडा खेल्दा एकपटक पनि नहारेको उनले जनाए ।

आज विहान नेपाली रेडियो नेटवर्कको लागि नियमित कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले यस्तो खुलासा गरेका हुन् ।

उनले भने,‘म पहिल्यैदेखि कौडा खेल्दै आएको छु । यसपालिको तिहारमा पनि खेल्छु । मैले अहिलेसम्म हारेको छैन् । कौडामा मलाई धेरै दाउ आउँछ ।’ उनले आफूलाई मनपर्ने जनावर कुकुर भएको पनि जनाए ।