मन्त्रीपरिषद बैठकबारे प्रवक्ता बास्कोटाको जवाफ : विस्तारै थाहा पाइहाल्नुहुन्छ(भिडियोसहित)


कात्तिक २५, काठमाण्डौ । आज बसेको मन्त्रीपरिषद बैठक भर्खरै सकिएको छ । तर बैठकको निर्णयबारे संचारमाध्यमलाई कुनै जानकारी दिइएको छैन ।

बैठक सकिएलगत्तै संचारकर्मीमाझ आएका सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णय विस्तार थाहा हुन्छ भनेर निस्किए ।

“पत्रकार साथीहरु, थाहा पाइहाल्नुहुन्छ, आजलाई यति नै, धन्यवाद ।” बास्कोटाले भने ।

संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि बास्कोटाले डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताए ।

यसैबीच निलाम्बर आचार्यलाई भारतका लागि राजदूत नियुक्ति गरिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । यद्यपी यसको पुष्टी भएको छैन ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणबारे सोधिएको प्रश्नमा उनले आफ्नै व्यवस्थाअनुसार गरेको हुन सक्ने बताए ।

“उहाँले आफ्नै व्यवस्थाअनुसार गर्नुभएको होला ।” बास्कोटाले भने ।

यद्यपी मन्त्रीपरिषद बैठकमा भने राईको भ्रमणबारे आलोचना भएको बताईको छ । बैठकमा स्वीकृती नलिई अमेरिका जानु गल्ती भएको मन्त्रीहरुले बताएका थिए ।