कात्तिक २८, काठमाण्डौ । नेपाल प्रहरीको ७० बर्ष लामो विरासतका रूपमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई सार्ने निर्णयलाई लिएर चर्काे असन्तुष्टि उठेको छ । पूर्व तयारीबिना महाराजगन्जबाट काभ्रेको पनौती सार्ने सरकारी निर्णयप्रति जानकारहरुले असन्तुष्टि जनाएका छन् ।
विना कारण प्रशिक्षणस्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिम÷प्रशिक्षणमा र प्रहरीको मनोबलमा दीर्घकालीन असर पर्ने जानकारहरुको चिन्ता छ ।।
भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भवन र निवास बिस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय गरेको थियो र साथै उपराष्ट्रपतिको कार्यलयको लागि समाज काल्यण परिसद कार्यलय पनि सार्ने कुरा रहेको छ । प्रहरी एकेडेमीको क्षेत्रफल १९३ रोपनी छ । प्रहरीको तालीमकेनद्र देखि कुकुर तालिम केन्द्र सम्म छन ।
राष्ट्रपति कार्यालय शीतल निवासले यसअघि प्रतिष्ठानको ४१ रोपनी उपभोग गरिसकेको छ । जसबाट समेत प्रहरीको तालीममा असर परिहरेको छ । नेपालमा राष्ट्रपति पद आलङकारिक हो कार्यकारी होईन । यसैले राष्ट्रपति कार्यालय रहेको अहिलेको भवन निक्कै पर्याप्त मानिन्छ । राष्ट्रपति पद प्रधानमन्त्री जस्तै कार्यकारी भएको भए धेरै संयन्त्रहरु हुने थिए । यसैले नेपालम राष्ट्रपति कार्यकारी पदमा नभएको अवस्थामा सो सस्थाको लागी धेरै पुवार्धाधार आवश्यक नरहेको विज्ञहरु टिप्प्णी गर्छन् ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) बनाउन सरकारको मात्र नभएर जनताको समेत जग्गा पैहरिलाई दिएको छ र त्यस ठाउँमा धेरै प्रहरिको मनोभाव जोडीएको हुनाले यसलाइ सरकारले निर्णय गर्नु भन्दा अगाडी सोच्नु पर्छ। सरकारले निणर्य त गर्यो तर लागु कहिले हुने भने थाहा छैन् । राष्ट्रपतिक जग्गा बढाउने बिमोद नभएको तर सरकारको निणर्य अपरिपक्व भएको पुर्व एआईजी सिंहले बताएका छन् ।
सहरको केन्द्रमा हुनुपर्ने सक्रिय संस्थालाई सहरबाहिर सार्ने र निस्क्रिय संस्थाले उक्त स्थान अधिग्रहण गर्ने सरकारको निर्णय कुनै हालतमा पनि ठिक नभएको भन्दै धरैेले आलोचना गरेका छन् । यसलेगर्दा प्रहरी संगठनमा गलत सन्देश जाने र मनोबल गिर्ने धेरैको टिप्प्णी छ । २०४२ देखि ०४६ सम्म एकेडेमीको नेतृत्व सम्हालेका प्रधानका अनुसार छोटो अवधिका विशिष्ट तालिममा विदेशी प्रशिक्षक बोलाउँदा समयका हिसाबले पनि महाराजगन्ज उपयुक्त हुनेविज्ञहरुको अनुभव छ ।
७० वर्ष लगाएर, धेरैको पसिना सिँचेर तयार भएको पूर्वाधार स्थानान्तरण गर्दा प्रहरीको संगठनात्मक संरचनामा दीर्घकालीन असर पर्नेविज्ञहरु बताउछन् । यसले प्रहरीको संगठनात्मक क्षमतालाई कमजोर पार्ने पुर्वबरिष्ठ प्रहरी अधिकारीहरु बताउछन् । प्रहरी एकेडेमी सार्ने निर्णयले प्रहरीको इतिहास मेटिने उनीहरुको चिन्ता छ ।
अहिलेकै जस्तो संगठनात्मक पूर्वाधार नयाँ तोकिएको स्थानमा निर्माण गर्न कम्तीमा १५ वर्ष लाग्छ । त्यसैले एकेडेमी सार्दा भौतीक पुर्वाधार निमार्ण गर्न बर्षाै लाग्छ । यसलै तत्काल प्रशिक्षण केन्द्र सार्ने हो भने प्रहरीले तालीम गर्न पर्याप्त पुर्वाधार पाउदैनन् । यसैले प्रशिक्षण केन्दं्र सार्न निर्णय प्रहरीको दीर्घकालीन हितमा नभएको बताईन्छ । यस तर्फ राज्यको पनि ध्यानाकर्षण होस् ।




प्रतिक्रिया