‘सदन खोलेर करारमा कर्मचारी भर्ना गर्छौं’ : मुख्यमन्त्री राउत

0
Shares

काठमाडौं, २९ कात्तिक। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले दिएको अधिकार ओली सरकारले रोक्न नसक्ने बताएका छन् । उनले प्रदेश सरकार संविधान विपरीत नजाने र संविधानभित्र रहेर सरुवा बढुवादेखि कर्मचारी नियुक्ति गर्ने बताए ।

उनले भने, ‘संघीय सरकारमा खुट्टा तानातान छ, तराई मधेसमा खुसीयाली छ हामी अगाडि बढ्छौं भन्ने जनतालाई विश्वास छ, त्यही विश्वासमा रहेर अब छठ सकियो धमाधम काम गर्छौं ।’ मुख्यमन्त्री राउतले सदन खोलेर करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढाृने बताए ।