काठमाडौँ,१ मङसिर । नेपाल यातयात ब्यबसायी महासंघ र ट्राफिक महाशाखाको संयुक्त पहलमा आजबाट उपत्यकामा चल्ने माईक्रो बस तथा ठुला सवारी यातायातका चालक तथा सह चालकले आजदेखी अनिबार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने नियम लागु गरेको छ।यातायात ब्यबसायी महासंघका महासचिव सरोज सिटौला र ट्राफिक महासाखाका एसएसपी बसन्त पन्तले चालक र सहचालकलाई ज्याकेट लगाएर कार्यक्रमको शूरुवात गरेका थिए ।

कार्यक्रममा चालकलाई ज्याकेट लगाईदिदै पन्तले भने ” गाडि सफा राख्नु राम्रो ब्यभार गर्नु यात्रुलाई दुख नदिनु ” सोहि कुरा बारे प्रतिक्रिया दिदै खनालले यसले चालक र सहचालकलाई ब्यबहारत जिम्मेवारी बोध गराउछ , र अनुशासनको पालना पनि गराउने कुरा समेत ब्यक्त गरे ।रासस




प्रतिक्रिया