काठमाडौं, १ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले अँध्यारो कोठामा बसेर गलत काम गर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । शनिबार कर दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो चेतावनी दिएका हुन् ।
त्यस्तै उनले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकको रिपोर्टमाथि आपत्ति जनाए । खतिवडाले यो रिपोर्टले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई भनिसकेको जानकारी दिए ।

फोटो तथा भिडियो : मुकुन्द कालिकोटे




प्रतिक्रिया