राजपाले सरकारको समर्थन फिर्ता लिँदै, मंसिर ४ गते अध्यक्ष मण्डलको बैठक !

0
Shares

काठमाडौं, २ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक यही मंसिर ४ गते साँढे १२ बजे बस्ने भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि यथावत राख्नेबारे छलफल हुने राजपानिकट उच्च स्रोतले जानकारी दियो ।

छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको राजपाले अहिलेसम्म समर्थन फिर्ता लिने निर्णय गरेको छैन् । यसअघि रिपोर्टर्स क्लब नेपालले हिजो आयाोजना गरेको साक्षात्कारमा महामन्त्री केशब झाले ६ दिनभित्र सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाए आफूहरु बाध्य भएर समर्थन फिर्ता लिने निर्णयमा पुग्ने जनाएका थिए ।