मंसिर २, काठमाण्डौ । निर्मला पन्तको बलात्कार र हत्यापछि पछिल्ला चार महिनामा नेपाल प्रहरीमा दैनिक सरदर पाँचवटा बलात्कारका उजुरी परेका छन् । महिला हिंसा र बलात्कारका घटना रोक्न विभिन्न कर्याक्रम गरिए पनि त्यसको प्रभावकारिता देखिएको छैन । यही दरमा बलात्कारका उजुरीहरु पर्ने हो भने चालु आर्थिक वर्षमा बलात्कारका घटना अघिल्लो वर्षभन्दा दोब्बर हुने देखिन्छ ।
पछिल्ला दिनहरुमा प्रहरी प्रधान कार्यालमा बलात्कारका घटनाका उजुरी आउने क्रम बढेको छ । गत साउनदेखि कार्तिक महिनासम्मको तथ्याङकलाई हर्ने हो भने दैनिक ५ जना बालिका र महिला बलात्कृत हुने गरेको छ ।
गत साउनदेखि कार्तिकसम्म देशभरि ८ सय ५३ वटा बलात्कार र बलात्कारका प्रयासका उजुरी दर्ता भएका छन् । गत साउन र भदौ दुई महिनामा मात्र छ जनाको बलात्कारपछि हत्या भएको तथ्याङ्कले देखाउँछ । यो संख्या विगतको तुलनामा निकै बढी हो । तर विगतमा हुने गरेका यस्ता घटना लुकाइने गरिएकाले पछिल्लो तथ्याङ्क धेरै देखिएको हो ।
प्रहरीका अनुसार विशेषगरी किशोरी र बालबालिकाहरू बलात्कारको जोखिममा पर्ने गरेको छ । प्रहरीमा आएका उजुरीका घटना हेर्दा बलात्कारबाट पीडित हुनेमा १५ वर्षभन्दा कम उमेरका धेरै छन् । गत वर्षको तथ्याङ्क हेर्दा बलात्कार हुनेमध्ये यो उमेर समूका बालबालिकाको संख्या ६४ प्रतिशतले बढि देखिन्छ । त्यसो त प्रहरीले बलात्कार, हत्या जस्ता जघन्य अपराधका यस्ता घटनामा ९७ प्रतिशत सफलता पाएको दावी गरेको छ ।
प्रहरीले विभिन्न जनचेतनामुलक कार्यक्र्रम गरी अपराधका घटनामा कमी आउने दावी गरे पनि प्रहरीको अभियान सँगै अपराधका घटनाहरु दिप्रतीदिन बढ्न थालेको छ, । विभिन्न ठाउँमा प्ररीले घुस खाएर घटनालाई दबाउने गरेको र पीडितले न्याय नपाएका कतिपय घटनाहरु पनि बाहिर आएको छ । प्रहरीको लापर्वाहि र सरकारको कमजोरीका कारण बलात्कार जस्ता जघन्य अपराधका घटना मौलाईरहेको छ ।
यसरी नै घटना बढ्दै जाने हो भने गत बर्षको तुलनामा बलात्कारका घटनाहरु दोब्बरले बृद्धि हुने देखिन्छ । त्यसैले अपराधका घटना न्युनीकरणको लागि सरकार र सुरक्षा निकाय गम्भीर भएर लाग्नु जरुरी छ ।




प्रतिक्रिया