काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निको भएपछि सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनी प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा सोमबार सहभागी भएका हुन् ।
नेकपाका अध्यक्ष प्रचण्डले शोकलाई शक्तिमा परिणत गरेर अघि बढेको ओलीले धारणा राखे । उनले भने,‘‘आज यस्तो दिनमा राजनीतिक कुरा गर्दैन, होनाहार र सक्षम छोरा गुमाउदाको पीडालाई शक्तिमा बदल्नुभयो प्रचण्डजीले । त्यो सबैभन्दा ठूलो कुरा हो, अब हामीले देशकालागि राम्रो काम गरेमा प्रकाशको सच्चा श्रद्धाञ्जली हुनेछ ।’
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित प्रचण्ड निवास खुमलटार पुगेका थिए ।




प्रतिक्रिया