मंसिर ४, काठमाण्डौ । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार वाईडबडी जहाज खरि प्रकरणमा भएको भ्रष्टारमा मुछिएपछि विवादमा छन् ।
वाइडबडी खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंशाकारमाथि छनविन गरिरहेको छ ।
कंशकारमाथि एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाएको अभियोग छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।
कंशाकारले २०७४ चैत्र २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो ।
नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको भन्दै जनताले आलोचना समेत गर्न सुरु गरेका छन् ।
अख्तियारको छानविनसँगै कंशाकारलाई दोषी प्रमाणित गरेर जेल पठाउने सम्भावना रहेको बताइन्छ ।




प्रतिक्रिया