काठमाडौं,४ मसिर। कानून,न्याय तथा संसदीयमन्त्री भानुभक्त ढकालले अपराधमा संलग्न जोसुकै भएपनि कारवाहीको भागिदार बन्नु पर्ने बताएका छन । द्वन्द्वपीडितहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ढकालले योग्यतापुर्ण तरिकाले दृन्दको व्यवस्था जसरी गरियो त्यो एकदमै सकरात्मक रहेको भन्दै सबैले आ–आफ्नै धुन बजाउन थालेमा समस्या समाधान नहुने जानकारी गराए ।
उनले भने‘ अहिले सकारात्मक अवस्था रहेको छ,सबैको सहमतीमा मात्र समाधानको एकमात्र उपाय हो ।’ अहिलेसम्म परिणाममुखि वातावरण बन्न सकेको थिएन,जधन्य मानव अधिकार बिरोधी गतिविधी बाहेक अन्य बिषयहरु समाधान हुने गरि काम अगाडी बढिरहेको उनले जानकारी गराए ।
उनले भने‘कानुन बनाउदा दलगत,स्वार्थगत रुपमा कानुन बनेको होईन,त्यसकारण पनि सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद आगामी माघ २६ गतेसम्म रहेको जानकारी गराउँदै मन्त्री ढकालले तोकिएको समयभित्रै काम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाली काङग्रेस नेता रमेश लेखकले नेपालको सम्बीधान विश्वमा नै उत्तम रहेकाले यसैको आधारमापनि द्धन्द्ध पिडीतहरुले न्याँय पाउनेमा आाशा ब्यक्त गरे । उनले भने‘सम्भावना समाप्त भएको छैन,तर अव पहल गर्न ढिला गर्नु हुदैन ।’अन्यायमा परेकाहरुप्रती नेपाली काङग्रेसले सदैव सहयोगी भुमिका खेल्ने उनले जनाए । पिडीतका मुहारमा खुसी ल्याउनकोलागि .सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा उनको जोड रहको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै द्धन्द्ध पिडीत(मैना सुनारकी आमा) देबी सुुनारले अहिलेको सरकार नकचरो भएको आरोप लगाइन । उनले भनिन ‘अहिलेको परिवर्तन हाम्रो छोरा–छोरीको रगतले बनेको परिवर्तन हो,हामीले त्यस्को अशिंयार हुन पाउनु पर्छ ।’द्धन्द्धको बिउ अझै बाँकी रहेकोले भोली त्यसले उग्ररुप लिन सक्ने उनले बताईन ।
कार्यक्रममा बोल्दै मानबअधिकारकर्मी कपिल श्रेष्टले द्धन्द्ध पिडीतहरुको बलिदानले नेपालमा एउटा ईतिहाँस रचेको जनाएका थिए। सत्तामा बसेका मान्छेहरुले द्धन्द्ध पिडीत र मानवअधिकारकर्मीहरुलाई जिस्काई रहेकोे भान भएको उनले अनुभव सुनाए ।उनले भने ‘हावादारी ऐन,कानुन र आश्वासनले मात्र समस्या समाधान नहुने भएकाले हाम्रो मुद्धा सत्तामा पुग्ने सिंडी नबनोस ।’फोटोः मु्कुन्द कालीकोटे




प्रतिक्रिया