काठमाडौँ,६ मङ्सिर । बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ ।बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
यस खेलमा पहिलोपटक १७ वर्षीय अफ स्पिनर नयीम हसनले पनि खेल्दैछन् । बंगलादेशका तर्फबाट चारजना स्पिनरहरु शकिब, ताइजुल इस्लाम र मेहीदी हसनले पनि खेल्नेछन् ।
पहिले ब्याटिङ गरेको बंगलादेशले दिउँसोको भोजन सत्रसम्ममा २७ ओभरमा दुई विकेट गुमाई १०५ रन बनाएको छ । बंगलादेशका इमरुल कायास ४४ र सौम्य सर्कार ० आउट भइसकेका छन् ।अहिले क्रिजमा मोमिनुल हक व्यक्तिगत ५५ रन बनाएर खेलिरहेका छन् । एजेन्सी




प्रतिक्रिया