संसद भवनबाहिर नेविसंघको प्रदर्शन, महामन्त्री काफ्लेसहित केही घाइते


माघ ८, काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीलाई दुई तिहाइको बलमा पेल्न खाजेको भन्दै नेविसंघले संसद भवन बाहिर प्रर्दशन गरेका छन् ।

प्रर्दशनका क्रममा नेविसंघ कार्यकर्ताले केहि सरकारी गाडीमा तोडफोड गरेका छन् भने बानेश्व्र चोकमा टायर बाल्ने प्रयास गरेका थिए । प्रर्दशनका क्रममा प्रहरी र नेविसंघ कार्यकताबिच झडप समेत भएको थियो ।

झडपमा परी नेविसंघका म​हामन्त्री कुन्द​न राज काफ्ले र केन्द्रिय उपसभापति राम प्रसाद अधिकारी, नेता म​निष सिम्ख​डा लगायतत केहि नेताहरु घाइते भएका छन् ।

झडपपछि नेविसंघले नया बानेश्वरमा कोणसभा समेत गरेका थिए ।