वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन

0
Shares

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वाईडबडी जहाज खरिद प्रकरणमा भएको घोटालाबारे मौन बसेको छ। आईतबार बसेको कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवाले यो विषयमा अब नबोल्न निर्देशन दिएको स्रोतको दाबी छ ।

वाईडबडी खरिद प्रकरणमा कांग्रेस सभापति देउवाको पनि नाम मुछिएको थियो । संसदको सार्वजनिक लेखा समितिले बाहिर ल्याएको प्रतिवेदनमा बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्व मन्त्रीद्धय जीतेन्द्र नारायण देव र जीवन बहादुर शाही र सचिवको पनि नाम मुछेको छ ।

Skip This

Omoda E5 Pro