कांग्रेस कार्यालय सानेपामा नेविसंघ नेता/कार्यकर्ताहरुबीच भीडन्त

0
Shares

काठमाडौँ, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच ढुँगा हानाहान भएको छ ।

कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच आज ढुंगा हानाहान भएको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

विद्यार्थी नेता कुन्दन काफ्लेनेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ।