मुलुक समृद्ध बनाउने दिशामा अघि बढन गृहमन्त्रीको आह्वान

0
Shares

काठमाडौं, १४ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन आह्वान गरेका छन् । मंगलबार जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिका अवसरमा नेकपा कार्यालय धुम्वाराहीमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले शहीदहरुले देखाएको बाटो अवलम्वन गर्दे मुलुकालाई बिकासको बाटोमा अघि बढाउनका लागी आह्वान गरेका हुन। उनले बिभिन्न आन्दोलनका शहीदहरुकै कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै अव परिवर्तनलाई जसरी पनि संस्थागत गनुपर्ने धारणा राखे ।

उनले पर्टी एकता संग मुलुक समृद्धिको बाटोमा अघि बढेको धारणा पनि राखे । कार्यक्रममा थापा लगायत अन्य नेताहरुले रम्तेलको तस्वीरमा माल्यार्पण गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे