काठमाडौं । भारतले ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित भारतीय राजदूतावासमा १५ अगष्टका दिन आज स्वतन्त्रता दिवसका अवसरमा झण्डोत्तोलन गरिएको छ । भारत १५ अगष्ट सन् १९४७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

भारतीय राजदूत मञ्जिभ सिंह पुरीले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका सवारी साधान सहयोग गरेका छन् । राजदूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत पुरीले सवारी साधानको साँचो हस्तान्तरण गरेका थिए ।

फोटो पत्रकार मुकुन्द कालिकोटेले भारतीय राजदूतावासमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमका दृश्यहरुलाई क्यामरामा कैद गरेका छन् ।















तस्वीरहरुः मुकुन्द कालिकोटे




प्रतिक्रिया