काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार पनि बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच हात हालाहालको अवस्था आएपछि रास्वपाले आफ्ना सांसदलाई तत्काल संसद भवन पुग्न उर्दी जारी गरेपछि आज बिहान ८ बजेका लागि सारिएको थियो।
प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसद्मा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक बस्न ढिलाइ भएको थियो । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीसम्मका विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन र अनुशासनात्मक कारबाहीका सम्बन्धमा छलफलको कार्यसूची तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार यसैगरी बैठका प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन र सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया