काठमाडौं, जेठ १८ । जेनजी आन्दोलनकी नेतृ रक्षा बमले काठमाडौं महानगरको मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेका प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनेर रोष्ट्रमबाट दिएको अभिब्यक्तिलाई लिएर सामाजिक संजालमा टिप्पणी गरेकी छन् ।
बमले सामाजिक संजालमा लेखेकी छन्–’मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने अनि प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भनेर संसदको रोष्टमबाट उदघोष गर्ने फेरि पनि हामीले चाहिँ झिक्कै झिक्कै माया छ भनिदिनुपर्ने त होला नि होइन ?’



प्रतिक्रिया