सुनको सिक्री चोरी गर्ने महिला पक्राउ


पर्वत । सुनको सिक्री चोरी गरी फरार रहेको अभियोगमा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कस्थित माईती घर बस्ने सोही नगरपालिका ३ दुर्लुङ घर भएकी कमला सार्कीलाई ११ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका बस्ने राम कुमारी गुरुङको साथबाट अपरिचति महिलाले सुनको सिक्री ११ भदौको बिहान चोरी गरी फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले घटनामा संलग्न कमला सार्कीलाई पक्राउ गरेको हो ।

साथै चोरी भएको सुनको सिक्री सोही ठाउँस्थित पर्खालमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको जनाएको छ ।

कमलालाई जिल्ला अदालत पर्वतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।

Skip This

Omoda E5 Pro