आर्जन बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं, १५ भदौ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।

शनिबार ललितपुरको याक प्यालेसमा भएको सभाले आर्थिक वर्ष ०७५/०७६ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

चुक्ता पूँजी १ करोड ३८ लाख ८० हजार ८ सय रहको संस्थाले आव. ०७५/०७६ मा रु. ६६ लाख १३ हजार दुईसय पाँच खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७४’०७५ मा यस्तो नाफा २९ लाख २२ हजार ८१ रुपौया कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा १२६.३२ प्रतिशतले वृद्धि हो ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहरकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालीले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदयस र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७६ को प्रतिवेदन प्रस्तत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी हकहित समाजका अध्यक्ष अर्जुन खतिवडा, संस्थाका उपाध्यक्ष समिर महर्जन, लेखासमितिका संयोजक नवराज भुसाल लगायतले बोलेको थिए ।

संस्थाले आफ्ना शेयर सदस्य मध्येका ०७६ सालको एसइइमा सर्वाेकृष्ट नतिजा ल्याउने ५ जनालाई नगद सहित मायाँको चिनो दिई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गर्ने दुइजना शेयरधनीहरुलाई प्रमाणसहित सम्मान गरिएको थियो ।