मोबाइल र पैसा चोर्ने पक्राउ


भक्तपुर । मोबाइल चोरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका ६ खरिपाटी बस्ने राम कुमार लामिछाने, काठमाडौं महानगरपालिका ३२ गैरीगाउँ बस्ने सर्लाही मंलगवा नगरपालिका ४ घर भएका रंजित कुमार पंडित र काठमाडौं महानगरपालिका ५ बालकुमारी डेरा गरी बस्ने भारत नयाँ दिल्ली घर भएका सत्य प्रकाश रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई बिभिन्न कम्पनीका ५६ थान मोबाइल र ६२ हजार ७ सय ४४ रुपैयाँ सहित १७ भदौमा पक्राउ गरेको हो ।

प्रहरीले लामिछानेको साथबाट बिभिन्न कम्पनीका बिल भरपाई नभएका १० थान मोबाइल, पंडितको साथबाट बिना बिल भरपाईका बिभिन्न कम्पनीका ४२ थान मोबाइल तथा नगद ५५ हजार रुपैयाँ र प्रकाशले प्रयोग गर्ने डिएल एक सिजेड ४५५३ नम्बरको कारबाट बिभिन्न कम्पनीका बिना बिल भरपाईका मोबाईल चार थान, सामसुङ कम्पनीका ब्याट्री, डिस्प्ले तथा चार हजार आठ सय चालीस भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ ।

थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

Skip This

Omoda E5 Pro