माधव नेपाललाई कारबाही गर्न पार्टीभित्रैबाट माग


काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रदेश २ को विवाद चुलिएको छ । यो विवाद उत्पन्न हुनुमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको हात रहेको अध्यक्षधय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरुको आरोप छ ।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललगायत आठ जिल्लाका इन्चार्जहरूले वरिष्ठ नेता नेपाल र अर्का नेता तथा वर्तमान वाणिज्य मन्त्री मातृका यादवमाथि छानविन तथा कारबाही गर्न माग गरेका छन्।

हिजो मंगलबार पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई भेटेर उनीहरूले नेता नेपालको नामै किटान गरेर कारबाहीको माग गरेका हुन् । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार प्रदेशमा आन्तरिक द्वन्द्व बढाएको पार्टीकै कार्यक्रममा आक्रमण गर्न कार्यकर्तालाई उत्प्रेरित गरेको भन्दै नेपाल र यादवमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने माग ती नेताहरूको छ। भदौ २४ मा पदाधिकारीको सपथग्रहण कार्यक्रममा दुवै पक्षबीच विवाद चर्किएर झडप हुँदा प्रहरीले नियन्त्रण गर्नुपरेको थियो।

Skip This

Omoda E5 Pro